२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङस्थित मध्यतमोरमा काम गर्ने २ मजदुरको ढुङ्गाले किचेर मृत्यु

सांकेतिक तस्बिर।

ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधिन ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत अयोजनामा कार्यरत २ मजदुरको ढुङ्गाले किचेर ज्यान गएको छ। 

आयोजनाको सुरुङ भित्र काम गरिरहेका २ जना मजदुरको माथिबाट झरेको ढुङ्गाले लागेर ज्यान गएको हो। ज्यान  जानेमा उदयपुर घर भएका २२ वर्षीय अमर बिश्वकर्मा र २८ वर्षीय सन्तोया बाँनिया रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी बालनरसिंह राणाले जानकारी दिए। 

आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले करिव दिउँसो २ बजेतिर सुरुङ भित्र काम गरिरहेका उनीहरुको ढुङ्गाले किचेर घटनास्थलमै ज्यान गएको जानकारी दिए।

प्रकाशित: २२ फाल्गुन २०७७ १२:३० शनिबार

मृत्यु मध्यतमोर