१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दुर्घटना न्युनीकरणकालागि चालक संग ५ मिनेट अभियान

रुपन्देहीमा बुटवल–बेलहिया सडकमा दुर्घटना बढेपछि ट्राफिक प्रहरीले चालकसंग ५ मिनेट अभियान सुरु गरेको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सडकमै उभिएर चालकलाइ लेन प्रयोग गर्ने तरीका र अनुशासन सिकाउन थालको हो ।  

६ लेनमा बिस्तार भएको सडकमा लेन छुट्याएर रेखाङ्कन गरिएको भएपनि सवारी चालकले त्यसको वेवास्ता गरी सवारी गुडाउदा दुर्घटना बढेको निश्कर्ष सहित प्रहरीले लेन अनुशासनकालागि चालकसंग ५  मिनेट अभियान सुरु गरेको हो । आइतबार देखि बुटवलको कालिकानगर,मणिग्राम,भैरहवा लगायतका स्थानमा ट्राफिक प्रहरीले सवारी साधन रोकी चालकलाइ लेन अनुशासन र त्यसको प्रयोग बारे सिकाउन थालेको छ ।  

सवारी चालकले लेन अनुशासनको व्यवास्था गरी जुनसुकै लेनबाट तिब्रगतीमा सवारी गुडाउदा दुर्घटना बढेकाले अभियान सुरु गरीएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख  एसपि डम्बर बहादुर बिकले बताए । ‘चालकलाइ लेन अनुशासन पालना गर्न सिकाउने र दुर्घटनाको जोखीम कम गर्ने उद्येस्यले अभियान चलाएका हौं’ एसपि बिकले भने । यो अभियान पहिलो चरणमा बुटवल–भैहवा सडकमा एक साता सम्म चल्ने उनले जानकारी दिए ।  प्रहरीले ठुला सवारी साधनलाइ एक ठाँउमा, साना तथा मझौला सवारी साधन जिप,कार,भ्यान  र मोटरसाइलहरुलाइ पनि छुट्टाछुट्टै स्थानमा रोकी लेन प्रयोग गर्ने तरीकाका बारेमा जानकारी गराएको छ । पहिले चालकलाइ लेन प्रयोग गर्न सिकाइने र त्यसलाइ कार्यान्वयनमा पनि लैजाने प्रहरीले जनाएको छ ।  

 

 

 

 

प्रकाशित: ५ माघ २०७७ १५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App