२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

१६ बिघामा लगाइएको गाँजाखेती नष्ट

फाइल तस्बिर

नारायणखोलामा किसानले लगाएको करिब १६ बिघाको अवैध लागुऔषध गाँजाखेती नष्ट गरिएको छ। लालबन्दी नगरपालिका–१४ मा पर्ने जिल्लाकै दुर्गम भेग नारायणखोलामा व्यावसायिकरुपमा ठूलो क्षेत्रफलमा गाँजा खेती भइरहेको सूचना पाएलगत्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरसहितको टोली सो गाँजाखेती नष्ट गरेको हो।

प्रजिअ पौडेल, प्रहरी उपरीक्षक राठौर, सशस्त्र प्रहरी नायब उपरीक्षक जगन्नाथ खड्का र इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापासहितको टोलीले गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

जिल्लाको उत्तरी चुरे क्षेत्रमा ठूलो क्षेत्रफलमा गाँजाखेती गर्ने गरेको पाइएको भन्दै त्यस क्षेत्रमा गाँजा नष्ट गर्न प्रहरीले अप्रेसन नै चलाउने प्रहरी उपरीक्षक राठौरले बताए। जिल्लाको कर्णाली भनेर चिनिने सो क्षेत्रमा फोनसमेत लाग्दैन। गाँजा फँडानी गर्न हातहतियारसहित ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिई गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रकाशित: २३ पुस २०७७ ०१:१५ बिहीबार

गाँजाखेती नष्ट