९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

मोटरसाईकल चोरेको अरोपमा ४ जना पक्राउ

मोटरसाईकल चोरीको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर ४ का २० वर्षिय विवेक थन्दार, सोही ठाउँका २० वर्षिय अमन थन्दार, बुढिगंगा गाउँपालिका २ का २० वर्षिय पुजन थन्दार र सुनसरी दुहवी नगरपालिका १० का २० वर्षिय नगेन्द्र चौधरी छन्।  

पुस ५ गते राती १० बजे विराटनगरस्थित नोवेल अस्पतालको परिसरमा पार्किङ गरी राखिएको चुडामणी कार्कीको को ३९ प २४४२ नम्बरको पल्सर मोटरसाईकल चोरी भएको थियो। पार्किङ्ग गरिएको मोटसाइकल हराएपछि पुस ६ गते रविन्द्र खत्रीले मोरङ प्रहरीमा हराएको मोटसाइकल खोजिगरिदिन निवेदन दर्ता गराएका थिए। प्रहरीले हराएको मोटरसाईकल खोजतलास गर्ने क्रममा सोमबार राती ८ बजे विराटनगर ४ स्थित बुढाथोकी मार्ग बाट मोटरसाईकल बरामद गरेको थियो। नम्बर प्लेट परिवर्तन गरी  मोटरसाईकल डो¥याउँदै गरेको अवस्थामा चारैजनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रबक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।   राईका अनुसार मोटरसाईकल चोरेर नम्बरप्लेट परिवर्तन गरी चलाउने गरेको अनुसन्धानबाट खुलेको छ।

 

प्रकाशित: ७ पुस २०७७ १२:२३ मंगलबार

पक्राउ