१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

बालवालिका लक्षित हिंसा बढ्यो

मानवअधिकारको क्षेत्रमा कार्यरत संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाले बालबालिका लक्षित हिंसाका घटना बढेको जनाएको छ । गतवर्षको पुस देखि एक वर्षको अवधिमा जिल्लामा १४ वटा बलात्कारको घटना दर्ता भएकोमा ११ वटा घटनाका पीडित बालबालिका रहेको इन्सेकको भनाई छ ।  

यो अवधिमा यौन दुव्र्यवहारका ६ वटा घटना घटेकोमा ३ वटा घटनाका पीडित बालिका रहेको इन्सेकको भनाई छ । बालिकामाथि हुने हिंसाका घटना गतवर्ष भन्दा यसवर्ष बढेको इन्सेक गोरखाका प्रतिनिधि हरिराम उप्रेतीले बताए । ‘कमजोर आर्थिक अवस्था भएका, शारीरिक रुपमा अशक्त, सामाजिक रुपमा कमजोर परिवारका बालबालिका हिंसाको सिकार बनेका छन्,’ इन्सेक प्रतिनिधि उप्रेतीले भने ।  

इन्सेकले वर्षेनी प्रकाशन गर्ने मानवअधिकार वर्षपुस्तकका लागि घटना बिवरण सार्वजनिक गर्ने क्रममा शुक्रवार गोरखा सदरमुकाममा सरोकारवालाबीच उक्त जानकारी गराएको हो । इन्सेकका अनुसार एकवर्षको अवधिमा सरकारले प्रतिबन्ध लगाएको दल बिप्लव समुहका आठजनालाई पक्राउ गरेको थियो । शान्ति बिरुद्धको कसुरमा अधिकांश घटनामा मुद्धा दर्ता भई कारवाही भएको देखिन्छ । आर्थिक सामाजिक र सांस्कृतिक अधिकार हननका तीनवटा घटना एकवर्षे अवधीमा दर्ता भएको उनले बताए ।  

कार्यक्रममा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले हिंसाका घटना न्यूनिकरण गर्न नागरिक समाज, सञ्चारकर्मीको भुमिका महत्वपूर्ण हुने बताए । 

प्रकाशित: ३ पुस २०७७ १०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App