९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

५० किलो चरेससहित एक जना पक्राउ

धादिङको थाक्रे गाउँपालिका –१ खयरघारीबाट ५० किलो चरेसहितसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटका प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चरेससहित पक्राउ गरेको हो।  

पक्राउ पर्नेमा जिल्लाको गल्छी गाउँपालिका–८ का ३४ वर्षीय दिपक मगर रहेका छन्। गल्छीबाट चरेस लिएर काठमाडौँतर्फ जाँदै गरेको बा २१ प ८७६ नम्बरको मोटरसाइकलमा सवार मगरलाई प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । तीन वटा झोलामा चरेस राखेर लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट एक थान मोबाइल र मोटरसाइकल समेत बरामद गरेको छ।

पक्राउ परेका मगरलाई लागूऔषध कारोवार ओसार पसार तथा बिक्री वितरण सम्वन्धि कसुरमा प्रचलित कानून वमोजिम दण्ड सजायका लागि अदालतबाट अनुमति लिएर थुनामा राखी अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ।

 

प्रकाशित: २८ मंसिर २०७७ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App