५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दाङमा राजावादीको प्रदर्शन

बिहीबार घोराहीमा राजसंस्थाको पक्षमा गरिएको प्रदर्शन। तस्बिर: देवेन्द्र /नागरिक

राजसंस्था पुनःस्थापनाको माग गर्दै दाङमा प्रदर्शन गरिएको छ। राज संस्था पुनःस्थापनासहित हिन्दु राज्यको माग गर्दै सडकमा उत्रिएका राजावादीहरूले शक्ति प्रदर्शन गरे। सयौंको संख्यामा मोटरसाइकल ¥याली गरेका उनीहरूले घोराही बजार परिक्रमा गर्दै राजाको पक्षमा नाराबाजी गरेका थिए। ¥यालीमा सहभागी उनीहरूले ‘राजा आउ देश बचाउ, हिन्दु राज्य कायम गर’ लगायतका नारा लगाएका थिए। युवाहरूको उल्लेख्य सहभागिता रहेको प्रदर्शनमा राजावादीहरू मात्रै नभई सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका कार्यकर्ताको समेत उपस्थिति देखिन्थ्यो।

केही प्रत्यक्ष रूपमै -यालीमा सहभागी भएका थिए, भने केही कार्यकर्ताले अनौपचारीक रूपमा उक्त आन्दोलनलाई सहयोग गरेका थिए। ‘म आफू आन्दोलनमा जान मिलेन, तर उक्त आन्दोलनमा मेरो पूर्ण समर्थन छ,’ एक कांग्रेस कार्यकर्ताले भने, ‘आन्दोलनलाई सहयोग पु-याउनका लागि मैले मेरो मोटरसाइकल आन्दोलनमा प्रयोग गर्न दिएको छु।’

राजावादी बाहेक अन्य दलका कार्यकर्ताहरूले खुलेरै सामाजिक सञ्जाल मार्फत उक्त प्रदर्शनमा सहभागी हुन समेत सबैलाई आग्रह गरेका छन्। ‘अहिलेको शासन व्यवस्थाभन्दा राजा आएकै राम्रो हुने देखियो,’ एक स्थानीयले भने, ‘राजा ठिकभन्दा पनि अहिलेको शासन व्यवस्थाले राजावादी आन्दोलनको उदय भएको हो।’ -याली पश्चात् आयोजना गरिएको कोणसभामा अहिलेको शासन व्यवस्था र शासकको चर्को आलोचना गरेका प्रदर्शनकारीले मुलुकको विकास र समृद्धिका लागि राजसंस्था आवश्यक हुने बताएका थिए।

प्रकाशित: १९ मंसिर २०७७ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App