७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सडक दुर्घटना गरी फरार गाडीका चालक पक्राउ

प्रहरीले सडक दुर्घटना गरी फरार रहेका एकजनालाई बुधबार पक्राउ गरेको छ। मंसिर ५ गते शुक्रबार बिहान ६ बजे अरनिको राजमार्गको भक्तपुरको पलासेमा दुर्घटना गराई फरार गाडीको चालक सिराहा गोलबजार बस्ने वर्ष २४ को अर्जुन विकलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

काभ्रेको बनेपाबाट काठमाडौ आइरहेको तरकारी जस्तो बोराम लोड गरी आइरहेको सेतो रङको बोलेरो टाईपको गाडीले भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ९ पलासेमा सोही स्थान बस्ने वर्ष ६५ की ललितकुमारी कार्कीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिई गम्भीर घाइते बनाई ठक्कर दिने गाडी र चालक फरार भएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। फरार उनै अर्जुनलाई प्रदेश २-०१-००१ च. ०१८० नं.को सवारीसहित सिराहा प्रहरीको सहयोगमा पक्राउ गरिएको सूचना अधिकृत गिरीले जनाए।  

दुर्घटनाको दिन खवर प्राप्त हुनासाथ तत्कालै घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई घाइतेलाई उपचारको लागि डा. ईवामुरा अस्पताल भक्तपुर लगिएको थियो। उनलाई थप उपचारका लागि अन्पुर्ण न्यूरो अस्पताल काठमाडौमा रिफर भएकोमा उपचारकै क्रममा मंसिर ६ गते शनिबार दिउँंसो सम्बन्धित चिकित्सकले मृत्यु भएको घोषणा गरेको जनाइएको छ। फरार रहेको सवारी र सवारी चालकको सम्बन्धमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी निरीक्षक राजकुमार थापाको कमाण्डमा खटिएको अनुसन्धान टोलीले सुक्ष्म रुपले अनुसन्धान गर्ने क्रममा दुर्घटना गराउने गाडी खुलेको र उक्त गाडीको चालकबारे जानकारी भएको थियो। 

गाडी चालक अर्जुन भन्ने खुलेपछि ईलाका प्रहरी कार्यालय गोलबजार सिराहासंग समन्वय गरी निज चालक र सवारी साधन समेत पक्राउ गरी महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा ल्याई सवारी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: १० मंसिर २०७७ ०८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App