१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

१४ दिन आईसोलेसनमा बस्दा लक्षण नदेखिएमा निको भएकोमा गणना गर्ने प्रदेश सरकारको निर्णय

गण्डकी प्रदेश सरकारले कोरोना संक्रमण भई १४ दिन आईसोलेसनमा बसेकाहरुलाई निको भएको संख्यामा गणना गर्ने भएको छ। गण्डकी प्रदेश स्तरीय प्रादेशिक कोभिड १९ संकट ब्यबस्थापन केन्द्र (पिसिसीएमसी)ले कोरोना संक्रमण भई १४ दिन आईसोलेसनमा बस्ने क्रममा कुनैपनि लक्षण नदेखिएमा उनीहरु सबैलाई निको भएको संख्यामा गणना गर्ने निर्णय गरेको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको अध्यक्षतामा कात्तिक २६ गते बसेको पिसिसीएमसी बैठकले १४ दिन होम आईसोलेसन वा अन्य कुनै आईसोलेसनमा बस्दा लक्षण नदेखिएमा बिना परीक्षण (रिपोर्ट नेगेटिभ भए नभएको) नगरि स्वतः डिस्चार्ज गर्ने निर्णय गरेको छ। साथै उनीहरुलाई स्वास्थ्य सुरक्षा अप्नाएर आ–आफ्नो दैनिक गतिविधिमा संलग्न हुनसक्ने भनि जानकारी गराउनेपनि निर्णयमा उल्लेख छ।

पिसीएमसीको निर्णय अनुसार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकी पदेश भरि रहेका क्षेत्रीय अस्पताल, सबै जिल्ला अस्पताल, अञ्चल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा सबै स्वास्थ्य कार्यालयहरुलाई १४ दिन आईसोलेसनमा बस्दा लक्षण नदेखिएकाहरुलाई निको भएको संख्यामा गणना गर्न सर्कुलेसन पठाएको छ। तर आईसोलेसनमा बस्दा लक्षण देखिएमा भने नजिकको अस्पतालमा भर्ना गर्न भनिएको छ।

प्रकाशित: ८ मंसिर २०७७ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App