१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

सहिदभूमिका १९८ घर फुसको छानोमुक्त

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत धनकुटाको सहिदभूमि गाउँपालिकाका १ सय ९८ घरधुरी फुसको छानोमुक्त भएका छन्। 

गाउँपालिकाको ‘विपन्नसँग अध्यक्ष’ कार्यक्रमबाट १६ वटा, गाउँसभा सदस्य पूर्वाधार विकास कार्यक्रमबाट ८८ वटा र प्रदेश सरकारको सहयोगमा सञ्चालित नमुना गाउँपालिका निर्माण कार्यक्रमबाट ९६ वटा फुसको घरमा कर्कटपाताको छानो लगाइएको गाउँपालिका अध्यक्ष मनोज राईले बताए। 

सुरक्षित नागरिक आवास कार्यक्रमका लागि सो गाउँपालिकाले आगामी वर्ष ५० लाख खर्च गरी ४ सय ५७ घरलाई फुसको छानोमुक्त गराउने योजना बनाएको अध्यक्ष राईले जानकारी दिए। यो वर्ष गाउँपालिकाको वडा नम्बर १, २ र ७ मा फुसको छानोमुक्त कार्यक्रम सञ्चालन हुने बताइएको छ। 

राष्ट्रिय जनगणना २०६८ अनुसार यो गाउँपालिकामा दुई हजार सात सय ९० घरमा फुसको छानो थियो। पछि जनप्रतिनिधिद्वारा संकलित तथ्यांकमा दुई हजार तीन सय २४ घरधुरीमा फुसको छाना रहेको थियो। यी सबै घरमा अबको दुई वर्षभित्र फुसको छानो हटाउने योजना रहेको अध्यक्ष राईले बताए।

प्रकाशित: २७ कार्तिक २०७७ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App