१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गोरखाका सिडिओसहित ३२ जनालाई कोरोना संक्रमण

प्रजिअ तिर्थराज भट्टराई ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसहित ३२ जना लाई कोरोना संक्रमण भएको छ। ४४ वर्षका प्रजिअ भट्टराई र उनकी पत्नीलाई कोरोना पुष्टि भएको रिपोर्ट आएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।  

समान्य रुघाखोकी लागेपछि प्रजिअ भट्टराईले शुक्रबार कोरोना परीक्षण गर्न स्वाब दिएका थिए। बिरामी हुँदादेखि नै आफू होम आइसोलेसनमा बसेको बताउँदै उनले नजिक सम्पर्कमा रहेकाहरुलाई सुरक्षित रहन अनुरोध गरेका छन्। सामाजिक सञ्जालमा आफूलाई कोरोना लागेको उल्लेख पनि गरेका छन्। दसैंअघिदेखि जिल्ला प्रशासन कार्यालय बन्द रहेको र दसैं लगत्तै कार्यालय खुलेपनि बिरामी भएकाले प्रजिअ गएका थिएनन्। जिल्ला प्रशासन काम भने अहिले नियमित चलिरहेको छ।  

गोरखा नगरपालिकाका १० जनामा, पालुङ्टार नगरपालिकाका सात जनामा, अजीरकोट गाउँपालिकाका सात जनामा, शहीद लखन गाउँपालिकाका चार जनामा र आरुघाट गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०७७ ०९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App