८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अग्निपीडित तत्कालिन सभासद्लाई मादेन फेन्दुवाको सहयोग

अग्निपीडित तत्कालिन संविधान सभा सदस्य मादेनलाई राहत रकम हस्तान्तरण गर्दै मादेन फेन्दुवा जनकल्याण केन्द्रका कोषाध्यक्ष छत्र मादेन । तस्बिर : नागरिक

दसैंको टीकाकै दिन आगलागीले घर गुमाएका तत्कालिन संविधान सभाका सदस्य सञ्चपाल मादेनको परिवारलाई मादेन फेन्दुवा जनकल्याण केन्द्रको अगुवाइमा संकलित ६९ हजार रुपैयाँ राहत सहयोग प्रदान गरिएको छ।  

जनकल्याण केन्द्रको कोषबाट १५ हजार, अध्यक्ष खेमाहाङ मादेनबाट १० हजार, राम मादेन कीर्तिमान, अमिर, छत्रबहादुर, फाल्गुनन्द, नरेन्द्र, चन्द्र(क) र चन्द्र(ख) मादेनबाट जनही ५–५ तथा केवल मादेन र कृष्ण चोङ्वाङबाट २–२ हजार रुपैयाँ संकलन गरी ६० हजार रुपैयाँ राहत रकम प्रदान गरिएको हो। मादेन फेन्दुवा जनकल्याण केन्द्रका कोषाध्यक्ष छत्र मादेनले रकम अग्नि पीडित तत्कादिन संविधान सभा सदस्य मादेनलाई प्रदान गरेका छन्।  

दसैंको टीकाको दिन आफ्नो घरबाट नजिकै रहेको आमाको घरमा टीका ग्रहण गर्न गएका बेला अचानक मादेनको घरमा आगलागी भएको थियो। विद्युत सर्ट भएर आगलागी भएको ठानिएको छ। आगलागीबाट मादेनको तीनतले घर, नगद तथा लत्ताकपडा र भाडा वर्तन नष्ट हुँदा ३९ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको विवरण संकलन गरिएको छ।

प्रकाशित: १४ कार्तिक २०७७ १२:०१ शुक्रबार

अग्निपीडित