आज देशभर सामान्यदेखि आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १,प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
प्रकाशित: २२ आश्विन २०७७ ०३:२२ बिहीबार