७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

तीन दिन यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

प्रतिकात्मक तस्बिर

शनिबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाले शनिबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार प्रदेश १ देखि ५ सम्मका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ।  

हेरौं महाशाखाले जारी गरेको तीन दिनसम्मकाे अनुमान : 

शनिबार (आज)

दिउँसो : देशभर  सामान्यतया  बदली   रही  केही    स्थानमा  मेघगर्जनरचट्याङ सहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना छ।  प्रदेश १ र प्रदेश २ का एक-दुई  स्थानमा  भारी  वर्षाको  सम्भावना छ।

राति : देशभर  सामान्यतया  बदली  रही  केही    स्थानमा  मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आइतबार (भोलि)

दिउँसो : देशभर  सामान्यतया  बदली   रही  केही    स्थानमा  मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना छ।  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५  एक-दुई  स्थानमा  भारी  वर्षाको  सम्भावना छ।

राति : देशभर  सामान्यतया  बदली  रही  केही स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र प्रदेश ५ का  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

सोमबार (पर्सि)

दिउँसो : देशभर  सामान्यतया  बदली   रही  केही    स्थानमा  मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना छ।  प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक-दुई  स्थानमा  भारी  वर्षाको  सम्भावना छ।

राति : देशभर  सामान्यतया  बदली  रही  केही    स्थानमा  मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :  

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित: २७ भाद्र २०७७ ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App