८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

यी प्रदेशमा भारी वर्षाको सम्भावना, साेमबार बिहानसम्म सतर्क रहन सुझाव

प्रतिकात्मक तस्बिर

आज आइतबार देशभर मौसम बदली भई दिउँसो तथा राति केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै राति पनि देशभर सामान्यतया मौसम बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । साथै प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।  

महाशाखाले आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रकाशित: २१ भाद्र २०७७ ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App