आज शनिबारदेखि सोमबारसम्म देशभर मौसम बदली रहने र केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि तीन दिनसम्म यस्तो छ वर्षाको सम्भावना :
आज (शनिबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, गण्डकी प्रदेश, तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आइतबार
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
सोमबार
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसमम्म) का लागि चेतावनी तथा परामर्श : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
प्रकाशित: २० भाद्र २०७७ ०६:४६ शनिबार