आज शनिबार पनि देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर सामान्यतया बदली हुनेछ भने केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश न. १ का एक वा दुई स्थानमा भने भारी वर्षासमेत हुन सक्छ ।
यस्तै राति पनि मौसम देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका भने एक वा दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
साथै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशहाखाले भनेको छ- प्रदेश न. १ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण छ । साथै भारतको मध्य प्रदेश तथा आसपासका क्षेत्रमा न्यून चापीय प्रणाली छ र त्यो बिस्तारै पश्चिम-उत्तरपश्चिम सर्दै जाने देखिन्छ ।
प्रकाशित: १३ भाद्र २०७७ ०७:२९ शनिबार