५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

विजयरामको मृत्युबारे अनुसन्धान सुरु

राष्ट्रिय मानवअधिकार आयोगले दलितहरूमाथि हुने गरेका हिंसाका दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गर्दै विजयराम चमारको मृत्युबारे अनुसन्धान सुरु गरेको छ । यातनाका कारण चमारको मृत्यु भएको भनिएको छ ।

रौतहटको गरुडा नगरपालिका–८ का निरञ्जन रामको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका चमारको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु हुनु अत्यन्त दुःखद भन्दै यातनाको विषयमा आयोगको प्रदेश २ कार्यालय जनकपुरले अनुसन्धान सुरु गरेको हो ।

चमारको स्वास्थ्य परीक्षण प्रतिवेदन प्रतिलिपि, पोस्टमार्टम प्रतिवेदन प्रतिलिपि शीघ्र उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय रौतहट, त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग महाराजगन्जलाई पत्राचार गरेको आयोगका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित: १३ भाद्र २०७७ ०२:५७ शनिबार

मृत्यु अनुसन्धान