सरकारले थप तीन अस्पताललाई कोरोना उपचारका लागि अनुमति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगन्जको नेसनल मेडिकल कलेज र काठमाडौंको जनमैत्री अस्पताल र कान्तिपुर अस्पताललाई कोभिड १९ अस्पकतालमा सूचिकृत गरिएको हो।
प्रकाशित: १२ भाद्र २०७७ ११:४९ शुक्रबार