८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

‘भारी वर्षा हुने सम्भावना रहेका स्थानमा २४ घण्टा सतर्कता अपनाऔं’

प्रतिकात्मक तस्बिर

आज शुक्रबार पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने मौसमविद्ले बताएका छन् ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही  केही  स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । 

गण्डकी प्रदेश, प्रदेश  ५, र सुदूरपश्चिम प्रदेशका एक वा दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।  

यस्तै राति पनि देशभर सामान्यतया बदली रही  केही  स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । 

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई  स्थानमा भने भारी वर्षासमेत हुने सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । 

साथै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरिएकाे छ–  ‘बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानहरूका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’  

प्रकाशित: १२ भाद्र २०७७ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App