७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

धादिङमा थपियो निषेधाज्ञा, भदौ १६ गते सम्म जारी रहने

जिल्ला प्रशासन कार्यालय धादिङको भवन ।

धादिङमा भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा लम्बाइएको छ । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा मंगलबार बसेको संकट व्यवस्थापन समितिको बैठकले आगामी भदौ १६ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङले पहिलोपटक साउन २८ गते भदौ ३ गतेसम्मका लागि निशेधाज्ञा जारी गरेको थियो । त्यस्तै दोस्रो पटक भदौ ९ गते सम्म तोकिएको निषेधाज्ञाको अवधि सकिनै लाग्दा तेस्रो पटक थप गरिएको हो ।  

पछिल्लो समय धादिङमा कोरोना संक्रमितको संख्या बढेपछि प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(घ) र संक्रमक रोग ऐन २०२० बमोजिम भदौ १६ गतेसम्म जिल्ला भित्रको बिभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । बैठकले धादिङबेसीका आसपासको क्षेत्र र राजमार्ग क्षेत्रमा कडाई गर्ने निर्णय गरेको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन र हिँडडुल नगर्न आग्रह गरिएको छ । एम्बुलेन्स, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी पेट्रोलियम पदार्थ बोक्ने गाडी, शवबहान, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना तथा कुखुरा बोक्ने गाडी र सञ्चारकर्मी बाहेक सार्वजानिक निजी तथा मालबाहक सवारी साधन चलाउन नपाईने बताइएको  छ ।  

धादिङमा पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि सतर्कता अपनाइएको हो । संक्रमित पुष्टि भएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुबाट अरु व्यक्तिहरुमा संक्रमण नफैलियोस् भन्नका लागि सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक टे«सिङ गर्न सम्बन्धित स्थानीय तहहरुलाई आग्रह गरिएको छ । त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको धादिङ जिल्लाभित्र पर्ने क्षेत्रमा होटल, बैक तथा वित्तिय संस्था र जिल्लाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिने जनाएको छ । केही स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रभित्र निषेधाज्ञा गरेको छ ।  

थप सात जनामा कोराना संक्रमण पुष्टि

धादिङमा मंगलबार थप सात जनामा कोरोना संक्रमण देखिएको छ । सातजना मध्ये चारजना पुरुष र तीन जना महिला छन् । संक्रमित देखिएकाहरु त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ६ जना र थाक्रे गाउँपालिकाका एक जना छन् ।  त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का  १४, २१, ५० र ५६ वर्षीय महिला र २१ र २५ वर्षीय पुरुष छन् भने थाक्रे गाउँपालिका वडा नं ६ का ३१ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए ।  

धादिङमा कोरोना संक्रमितको संख्या एक सय ८३ पुगेको छ । जसमा एक सय ५१ जना निको भइसकेका छन् भने बाँकी उपचाररत छन् । स्वाब परीक्षण गरि पठाएका नमुना मध्ये एक सय ५ वटाको रिपोर्ट आउन बाँकी रहेको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित: ९ भाद्र २०७७ १५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App