८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

दिउँसाेभन्दा राति भारी वर्षाको सम्भावना बढी, होसियारी अपनाउन २४ घण्टे चेतावनी

आज मंगलबार पनि देशभर मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । साथै प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।  

महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति वर्षा अझ बढी हुने सम्भावना देखिएको छ ।  

राति देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, बागमती, गण्डकी र कर्णाली प्रदेशका समेत एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गर्दै बाढीपहिरोबाट बच्न सचेत गराएको छ ।

मंगलबार बिहान ६ बजे जारी गरिएको चेतावनीमा भनिएको छ– ‘प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’  

प्रकाशित: ९ भाद्र २०७७ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App