५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १५७

नेपालमा कोरोनाबाट थप आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर आठ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे हाे । योसंगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १५७ संख्या पुगेको छ ।

पछिल्लो २४ घन्टामा मृत्यु हुनेमा रुपन्देहीका चार जना, सुनसरी, मोरङ, पर्सा र काठमाडौंका एकएक जनाको मृत्यु भएको छ । डा. गौतमका हनुसार मृत्यु हुनेमा रुपन्देहीका ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला र काठमाडौंकी ४८ वर्षीया महिलाको मृत्यु भएको छ । 

प्रकाशित: ८ भाद्र २०७७ ११:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App