२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रदेश २: प्रहरीमा संक्रमणको बढ्दो ग्राफ

प्रदेश २ मा कोरोना संक्रमणको ग्राफ बढेसँगै संक्रमित हुने प्रहरीको संख्या पनि ह्वात्तै बढेको छ । यस प्रदेशमा संक्रमण हुने प्रहरीको संख्या १ सय २६ पुगेको छ ।  

प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता डिएसपी अंशुकुमार सिंहकाअनुसार भदौ ७ गत्तेसम्म यस प्रदेशका १ सय २६ जना प्रहरीकर्मी कोरोना संक्रमण भएका छन्। जसमध्ये ७७ जना निको भएर ड्युटीमा फर्किसेका छन्।

संक्रमितहुनेमा एक जना प्रहरी नायव उपरीक्षक, २ जना प्रहरी निरीक्षक, ७ जना प्रहरी नायव निरीक्षक,१३ जना प्रहरी सहायक निरीक्षक, २७ जना प्रहरी हवल्दार, ७० जना प्रहरी जवान, ६ जना प्रहरी कार्यालय सहयोगी छन्। संक्रमण हुनेमा सबैभन्दा बढी प्रहरी नायव निरीक्षकसहित ४० जना सिरहाका छन्। सप्तरीका २४ जना,  धनुषाका ७ जना, महोत्तरीका ५ जना, सर्लाहीका ८ जना, रौतहटका १ जना, बाराका २ जना र पर्साका ३९ जना प्रहरीकर्मीमा संक्रमण पुष्टि भएको छ।  

प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहकाअनुसार सघन जनसम्पर्क ड्युटीका कारण पहिलो मोर्चामा खटिएका प्रहरीहरुमा संक्रमण देखिएको छ। अहिले कोरोना संक्रमण नियन्त्रणका लागि प्रहरीहरुको दैनिक ड्युटी पनि बढेको छ। समान्यतः ८ घण्टाको ड्युटी अहिले बढाएर १६ घण्टासम्म पु¥याइएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला दिनमा लक्षणसहितका संक्रमित प्रहरीको संख्या पनि बढेको छ। लक्षणसहितका संक्रमित प्रहरीको नजीकको सम्पर्कमा आएका प्रहरीलाई मात्र पिसिआर परीक्षण गराइरहेको प्रवतmा डिएसपी सिंहले बताए। आधारभूत प्रोटोकल मानेर परीक्षण गराइरहेका छौं उनले भने,‘लक्षण नदेखिनेहरुलाई परीक्षण गराउँदैनौ। सबैलाई गराउन थाल्यो भने शान्तिसुरक्षा कसले गर्छ ?’

सिरहाका ४० संक्रमित प्रहरीमध्ये २२ जना ईलाका प्रहरी कार्यालय लहानका छन्। प्रहरीमा संक्रमणको दर बढी किन देखियो त ? डीएसपी सरत थापा क्षेत्रीले विभिन्न अपराध मुद्दका थुनुवाहरु, उनीहरुलाई भेट्न आउने मान्छेहरुबाट थुनवा कक्ष बाहिर सेन्ट्रि बस्ने प्रहरीमा संक्रमण सरेको पाइएको छ।  साउनको २८ गत्ते विभिन्न अपराध मुद्दाका ४ जना थुनुवाको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आयो। त्यसपछि नजिकको सम्पर्कमा रहेको अन्य थुनुवा र प्रहरीको पिसिआर परीक्षण गराउँदा १८ जना थुनुवामा समेत संक्रमण पुष्टि भएको उनले बताए। संक्रमित हुने प्रहरीमा मुद्दा शाखा, सेन्ट्रि, थुनुवा कक्षको ड्युटीमा बस्ने प्रहरीहरु छन्।

खुला सिमाना भएका कारण भारतबाट लागूऔषध लिएर लुकीछिपी आउनेहरुलाई प्रहरीले पक्राउ गरी थुनामा राखेर मुद्दा चलाउँछन्। जती सावधानी अपनाएपछि थुनुवाहरु मध्ये पनि लागूऔषध मुद्दामा पक्राउ पर्नेहरुबाट प्रहरीमा संक्रमण सरेको प्रहरी अधिकारीहरु बताउँछन्। यी संक्रमित थुनुवाहरूसँग बयान लिँदा, अदालतमा पु-याउँदा र तिनको व्यवस्थापनमा खटिँदा पनि प्रहरी संक्रमित भइरहेका छन् ।  

प्रदेश २ का विभिन्न ठाउँमा आयोजित राजनीतिक कार्यक्रम, विरोध प्रदर्शनमा समेत प्रहरी खटिनुपरिरहेको छ। भिंड नियन्त्रणमा खटिनुपर्ने भएकाले त्यहाँबाट पनि प्रहरीमा संक्रमण सरेको हुन सक्ने प्रहरी अधिकारीहरुको आकलन छ ।  

साउनको अन्तिम सात्तापछि यस प्रदेशका प्रहरीमा संक्रमणका ग्राफ तिब्र रुपमा बढेको पाइएको छ। प्रदेश २ मा आइतबारसम्म संक्रमितको संख्या ८ हजार ८ सय ३२ पुगेको छ। मृतकको संख्या ६२ पुगेको छ। भने निको भएर घर फर्किनेको संख्या ४ हजार २ सय ३७ पुगेको छ।

प्रकाशित: ८ भाद्र २०७७ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App