१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

लागुऔषध कारोबारको आरोपमा तीन युवा पक्राउ

लागुऔषध कारोबार गरेको आरोपमा चन्द्रनिगाहपुरबाट पक्राउ परेका पोखरा बेगनासतालका राम रानाभाट।

लागुऔषध कारोबारको अभियोगमा पोखारका एक युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका लेखनाथ निवासी राम रानाभाटलाई प्रहरीले पक्राउ गरेको हो।  रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ परेका रानाभाटले  प्रहरीको गाडीमा तनहुँसम्मको सिमाना पार गरेको समेत खुलेको छ।  

लागुऔषध कारोबारी रानाभाटलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट गएको टोलीले साउन २४ गते रौतहटको चन्द्रनिगाहपुर (चपुर) बाट पक्राउ गरेको थियो। रानाभाटसँगै तनहुँ दुलेगौंडाका २८ वर्षीय मोहम्मद मुर्तुजा र बाराका २२ वर्षीय लालुदिन मिया खानपनि पक्राउ परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका ईञ्चार्ज डिएसपी हेमबहादुर साहीले जानकारी दिए।  रानाभाटसहितको टोली चढेको स्पोर्टस गाडी चेकजाँच गर्दा कोरेक्स नामक लागु औषध फेला परेको साहीले बताए।  

स्रोतका अनुसार रानाभाटको टोलीले कास्कीको गगनगौंडाबाट तनहुँको खेरैनीसम्म  पुग्न सुरक्षाकर्मीको सवारी प्रयोग गरेको स्रोतको दावी छ।   रानभाटले प्रहरी अधिकारीकै संरक्षणमा लागुऔषध कारोबार गर्दै आएको श्रोत बताउँछ।    

 

 

 

प्रकाशित: ३२ श्रावण २०७७ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App