१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ। कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४/७५ र आव ०७५/७६ मा एक करोड आठ लाख ९९ हजार १८४ रुपैयाँ रकम हिनामिना गरेको अभियोग लागेको छ।  

प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित बिहीबार आयोगमा जानकारी आएकाले कार्कीलाई पक्राउ गरिएको हो। आयोगका प्रवक्ता तारानाथ अधिकारीले आरोपी कार्कीको अनुसन्धान भइरहेको छ। 

प्रकाशित: ३० श्रावण २०७७ १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App