काठमाडौं उपत्यकामा शनिबार थप६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५६, भक्तपुरमा ३ र ललितपुरमा तीन जना गरी उपत्यका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा आइतबार ३१ जना, सोमबार ५१ जना, मंगलबार ६२ जना बुधबार ६२ जना, बिहिबार ८७ जना र शुक्रबार १०६ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रकाशित: २४ श्रावण २०७७ १०:४९ शनिबार