६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आजदेखि सवारीसाधनमा फेरि जोरबिजोर

सरकारले बिहीबारदेखि निजी र सार्वजनिक दुवै सवारीसाधनमा फेरि जोरबिजोर प्रणाली लागू गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेको बताउँदै सरकारले सो नियम लागु गरेको हो।  

काठमाडौं उपत्यकाका साथै उपत्यकाबाहिर पनि दुई सय जनाभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लामा सवारीसाधनमा जोरबिजोर प्रणाली लागु हुने भएको छ। यसअघि सरकारले असार २६ गतेदेखि सो नियम हटाउनुका साथै उपत्यका र बाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो।  

त्यस्तै, सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न पनि रोक लगाएको छ। यो नियम काठमाडौं उपत्यकासहित दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने भए पनि सरकारले अत्यावश्यक सेवामा भने लागू नहुने जनाएको छ।

प्रकाशित: २२ श्रावण २०७७ ०२:०३ बिहीबार

सवारीसाधन जोरबिजोर