अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा अमेरिकी नागरिक पक्राउ परेका छन्। ६५ वर्षीय डेनियल ली लाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
ति अमेरिकनले काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित भक्तपुर सूर्यबिनायक नगरपालिका-६ घर भएका टुक नारायण श्रेष्ठको एटलास सेक्युरिटी प्राईभेट लिमिटेडलाई अमेरिकामा दर्ता गरी पार्टनर बनाउँछु भन्दै १० लाख रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ। यस्तै अन्य २ जनालाई बिजनेस भिषामा अमेरिका लान्छु भनी जनही ५ लाख रुपैयाँ ठग्ने प्रयास गर्दागर्दै महाशाखाबाट खटिएको प्रहरीले उनलाई क्षेत्रपाटीबाट पक्राउ गरेको थियो।
यसबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।
प्रकाशित: १९ श्रावण २०७७ १२:४३ सोमबार