१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बँदेल मार्न आफैंले थापेको विद्युतीय धरापमा पर्दा दाजुभाइको मृत्यु, बुबा घाइते

प्रतिकात्मक तस्बिर

दाङमा सोमबार करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–१, हर्नोकका १४ वर्षीय वीरबहादुर रावत र उनका १० वर्षीय भाइ तेजबहादुरको मृत्यु भएको हो ।  

मकैबारीमा जंगली बँदेल मार्न थापिएको विद्युतीय धरापमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (दाङ) का प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न र धपाउन बारीमा विद्युत् लगिएको थियो ।  

थापिएको विद्युतको धरापमा बँदेल परेको छ कि भनेर बिहान बारीमा गएका भाइलाई करेन्ट लागेपछि छुटाउन जाँदा दुवैलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।  

छोरालाई करेन्ट लागेको देखेपछि बारीमा गएका तिनका ३७ वर्षीय बुबा दिलबहादुरलाई पनि करेन्ट लाग्दा घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोराही)मा उपचार भइरहेको छ ।  

प्रकाशित: १९ श्रावण २०७७ १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App