६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु

फाइल फाेटाे ।

पहिरोमा पुरिएर दाङमा दुईजनाको मृत्यु भएको छ । बुधबार विहान तीन बजेतिर दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का देबीराम नेपालीको घर पहिरोले पुरिँदा आमा छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पहिरोमा पुरिएर देबीरामकी बुहारी २४ वर्षीया बाटुली नेपाली र बाटुलीकी दुई वर्षिया छोरी आयुष्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

उनका अनुसार बाटुलीका आमा छोरी एउटा कोठामा सुतेका थिए । घर माथिबाट खसेको पहिरोले उनीहरू सुतेको कोठा पुरिएको थियो । ‘पहिरोले आमा छोरी सुतेको एउटा कोठा पुरिएको रहेछ, पहिरोले पुरिँदा आमा छोरीको घटनास्थलमै मृत्यु भएको हो,’ डिएसपी खड्काले भने, ‘परिवारका अन्य सदस्यहरू अर्को कोठामा सुतेकाले उनीहरूलाई केही पनि भएन ।’ खड्काका अनुसार बाटुलीका सासु ससुरा घरको अर्को कोठामा सुतेको र उनीहरूलाई केही पनि भएको छैन ।

प्रकाशित: १४ श्रावण २०७७ ०४:२६ बुधबार

मृत्यु पहिरो