१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

च्याउले लियो ज्यान

जंगली च्याउ खाएर बिरामी भएका जाजरकोटका थप तीन जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ । गत ९ गते कुशे गाउँपालिका–१ का टेकबहादुर चलाउनेको घरमा च्याउ खाएर बिरामी भएका उनीहरूको प्रदेश अस्पताल सुर्खेतस्थित कालागाउँमा मृत्यु भएको हो । कुशे गाउँपालिका–१ स्याँक्रीका टेकबहादुरकी छोरी १६ वर्षीया औसरा, १३ वर्षीया धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए । टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको भने सोमबार गाउँमै मृत्यु भएको थियो । 

प्रकाशित: १४ श्रावण २०७७ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App