१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वैदेशिक रोजगारीमा गएका १ हजार २८८ नागरिक नुवाकोट फर्किए

कोरोना कहर

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण भारत लगायत अन्य मुलुकमा रहेका १ हजार २ सय ८८ जना नागरिक गृह जिल्ला नुवाकोट आएका छन् । गएको जेठ १ गते यता १ हजार १ सय १२ पुरुष र १ सय ७६ महिला कोरोना भाइरसको कारण गाउँ फर्किएका हुन् । जिल्लाको १२ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी तार्केश्वर गाउँपालिकाका नागरिकहरु आफ्नो गाउँ फर्किएका छन् । तार्केश्वरमा भारतबाट ३ सय ५८ जना र अन्य देशबाट २१ जना गरी  ३ सय ७९ जना नागरिक आएका छन् ।

यस्तै विदुर नगरपालिकामा भारतबाट २ सय ४ जना, अन्य देशबाट ८७ जना, बेलकोटगढी नगरपालिकामा भारतबाट १ सय १६ जना, अन्य देशबाट २२ जना, पञ्चकन्या गाउँपालिकामा भारतबाट २३ जना, अन्य देशबाट २३ जना, म्यागङ गाउँपालिकामा भारतबाट १ सय १२ जना, अन्य देशबाट ३० जना र किस्पाङ गाउँपालिकामा भारतबाट ८ जना र अन्य देशबाट २२ जना नागरिक आएका छन् ।  

यस्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटको तथ्याङ्क अनुसार दुप्चेश्वर गाउँपालिकामा भारतबाट ७२ जना, अन्य देशबाट १३ जना, शिवपुरी गाउँपालिकामा भारतबाट १९ जना, अन्य देशबाट ८ जना, लिखु गाउँपालिकामा भारतबाट १५ जना, अन्य देशबाट १८ जना, ककनी गाउँपालिकामा भारतबाट २२ जना अन्य देशबाट १७ जना, तादी गाउँपालिकामा भारतबाट ३२ जना अन्य देशबाट ९ जना र सूर्यगढी गाउँपालिकामा भारतबाट १७ जना र अन्य देशबाट २० जना आएका छन् ।  

वैदेशिक रोजगारीमा गएका युवा शक्तिहरु आफ्नो गाउँ फर्किने क्रम जारी नै रहेकोले बेरोजगारीको समस्या बढ्ने र अर्थतन्त्रमा गिरावट आउन सक्ने भन्दै स्थानीय तहहरुले युवा लक्षित कार्यक्रमहरु चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेस गरी बजेट समेत ल्याइसकेको छ । जिल्लाको म्यागङ गाउँपालिकाले ५० प्रतिशत अनुदान उपलव्ध गराउने गरी उत्पादनमा युवा भन्ने कार्यक्रम ल्याएको उपाध्यक्ष शान्ति लामाले बताइन् ।  

'गाउँपालिकाले छुट्टै स्वरोजगार नीति बनाउने तयारी गरिरहेको छ । यस नीतिको आवश्यक्ता छ भन्ने पाठ कोरोनले सिकाएको छ । किनकि विदेश गएका यवा गाउँ फर्किने क्रम बढेसँगै बेरोजगारीको समस्या देखिन थालिसकेको छ ।' उपाध्यक्ष लामाले भनिन्, 'बहिरबाट फर्केका युवाको सीप र अनुभवलाई स्वदेशमा उपायोग हुने गरि युवालाई नै लक्षित गरि माग र आवश्यक्तालाई आधार बनाएर कार्याबिधि बनाउछौ । र कार्यान्वयनमा प्राथमिकता दिनेछौँ । युवा लक्षित स्वरोजगारको लागि ५० प्रतिशत अनुदान दिने गरी एक करोड रुपैयाँ बराबरको बजेट समेत ल्याएका छौँ ।'

कोरोना भाइरसको कारण गाउँ फर्किएका नागरिकहरुलाई कृषि क्षेत्रमा आकर्षित गराई बाझो जमिनलाई उर्वरायुक्त बनाई कृषिमा  निर्भर बनाउन जिल्लाको विदुर नगरपालिका, सूर्यगढी गाउँपालिका, दुप्चेश्वर गाउँपालिकाले अनुदान दिने कार्यक्रम चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेस गरिएको बताइएको छ ।

प्रकाशित: १३ श्रावण २०७७ ०८:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App