११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

महावौद्धका संक्रमितको सम्पर्कमा आएका ९० जनाको परीक्षण गरिने

भारतको विहार स्थायी घर भई महाबौद्धमा कपडा व्यापार गर्दै आएका संक्रमित परीवारको सम्पर्कमा आएका ९० जनाको नमूना परीक्षण गर्ने तयारी भएको छ। सोमवार राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्भिलेन्स शाखाका प्रमुख महेन्द्रध्वज अधिकारीले परीक्षणको तयारी भएको जानकारी दिए।  

अधिकारीका अनुसार संक्रमित बस्ने घरका सवै जना र पसल नजिकका छिमेकी तथा किनमेलमा सहभागीहरु गरी ९० जना सम्पर्कमा आएका छन्। उनीहरुको पिसिआर परीक्षण मंगलबार गर्ने तयारी भइरहेको छ। बिहिवार र शुक्रवार गरी महाबौद्धमा व्यापार गर्दै आएका एकै परिवारका पाँच जनामा कोरोना पुष्टि भएपछि महाशाखाले कन्ट्रयाक्ट ट्ररेसिङ सुरु गरेको थियो।  

 

प्रकाशित: १२ श्रावण २०७७ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App