रोल्पा नगरपालिका वडा नम्बर ४ गुरुङगाउँ र वडा नम्बर १० धवाङमा गत साता १३ जनामा कोरोना संक्रमण पुष्टी भएपछि गरिएको लकडाउन आज शुक्रवार दिउँसो एक बजे देखि खुला गरिएको छ।
गुरुङगाउँमा भेटिएका संक्रमित पिसिआर रिर्पोट नआउदै लिवाङ बजार लगायतका क्षेत्रमा खुला रुपमा हिडडुल गरेको जानकारी आएको भन्दै संक्रमण थप फैलिन नदिन लकडाउन गरिएको थियो।
संक्रमितसंग सम्पर्कमा रहेका मानिसहरुको पहिचान गरी उनीहरुको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएपछि लकडाउन खोलिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले बताए। उनका अनुसार ट्रेसिङ गरिएका २० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ।
शुक्रवार दिउसो बसेको जिल्ला स्तरीय बिपद ब्यबस्थापन समितिले लकडाउन खोल्ने निर्णय गरेको हो। लकडाउन अबधिभर सरकारी कार्यालय तथा बैङ्किङ क्षेत्र सबैमा सेवा प्रबाह समेत बन्द गरिएको थियो।
प्रकाशित: ९ श्रावण २०७७ ०८:०७ शुक्रबार