२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

तमोर नदीले उत्तरी ताप्लेजुङमा २ वटा पुल र एउटा गाडी बगायो

तमोर नदीमा आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं –७ ओलाङचुङ्गोलामा दुईवटा पुल बगाएको छ । गाउँपालिका अध्यक्ष सरोज एभेङका अनुसार गोला बस्तीबाट दाङजेन जाने पक्की पुल र अर्को काठे पुल बगाएको हो ।  

एभेङका अनुसार उक्त पक्की गाउँपालिको अघिल्लो वर्ष मात्र बनाएको थियो । गोलाबाट मिक्वाखोला गाउँपालिका वडा नं–५ पापुङ जाने काठको पुल पनि बगाएको छ । तमोर नदीको बाढीले बाढीले चिनियाँ निर्माण व्यवसायीले ओलाङचुङगोलामा छाडेको एउटा गाडी पनि बगाएको छ । टिपताला भन्ज्याङदेखि लेलेपतर्फ सडक निर्माणको कार्य गर्ने जिम्मा लिएर आएका चिनियाँ निर्माण व्यवसायीले सडक निर्माणको क्रममा सो गाडी गोला बस्तीमै छाडेका थिए ।  

गोलाबाट लेलेपतर्फ सडक अघि बढाउँदा गोला–टिपताला खण्ड राम्रै थियो । तर पछि सडक अवरुद्ध भएपछि चिनियाँ निर्माण व्यवसायीले गाडी त्यहीँ छाडेर गएका थिए ।

प्रकाशित: ६ श्रावण २०७७ ०६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App