२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अफ्रिकाबाट उत्पत्ति हुन्छ नेपालमा आउने वर्षा

अझै ५ दिन भारी वर्षा

अफ्रिकाको मदागस्कर टापुनजिकैबाट उत्पत्ति हुने जलवाष्पयुक्त वायुवर्षायाममा नेपालमा सक्रिय हुने गरेको छ। सोही वायुकै कारण नेपालमा वर्षा हुने गरेको मौषमविद्हरू बताउँछन्। उनीहरूका अनुसार मदागस्करबाट उत्पत्ति भएको जलवाष्पयुक्त वायुले लामो यात्रा गर्दै नेपालमा आउँछ हरेक वर्ष यो क्रम दोहरिन्छ।  

मदागस्करनजिकै टापुमा उच्चचापीय प्रणाली विकसित भई मनसुनी वायु उत्पत्ति हुने मौसमविद्हरू बताउँछन्। त्यहाँ उत्पन्न भएको वायु सोमालियाबाट मोडिएर भारतीयद्वीप बंगालको खाडी हुँदै नेपालमा आइपुग्छ।  

नेपालमा अहिले केही दिनदेखि मनसुन सक्रिय छ। मौसम पूवार्नुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। ‘वर्षायाममा नेपालमा सक्रिय वर्षा मदागस्करनजिकैको टापुबाट उत्पत्ति हुने गरेको छ,’मौसमविद् राजु प्रधानागंले भने,‘हरेक वर्ष वर्षायाममा यो चक्र दोहिरिन्छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको अवस्था छ। यसले गर्दा केही दिनदेखि काठमाडौंलगायत नेपालका धेरै स्थानमा भारी वर्षा भइरहेको छ। काठमाडांैसहित प्रदेश १ र २मा अझै ५ दिन भारीदेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् सवीन शाक्यको भनाइ छ। उनका अनुसार अन्य प्रदेशमा तीन दिन भारी वर्षा हुने सम्भावना छ।

देशभरका १६ वटा स्टेसनबाट आएका सूचना र स्याटेलाइट इमेजका आधारमा मौसमको पूर्वानुमान गर्ने गरिन्छ। यसैगरी विविध नमुना अध्ययनबाट पनि मौसम पूर्वानुमान गर्ने गरिएको छ।  

मौसमविद्हरूले यस वर्ष वर्षायाममा अघिल्ला वर्षभन्दा बढी वर्षा हुने अुनमान गरेका छन्। सामान्यतया वर्षायाममा काठमाडौंमा १हजार १सय ३० मिलिमिटर औसत वर्षा हुनेगर्छ तर यस वर्ष दुई महिना नपुग्दै ५सय २१ दशमलव ४ मिलिमिटर वर्षा भइसकेको छ। दुई महिना नपुग्दै मनसुनी वर्षाको आधाभन्दा बढी वर्षा भएकाले अघिल्ला वर्षको तुलनामा बढी वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन्।  

वर्षायाम सामान्यतयाहरेक वर्ष जुन १बाट सुरु भएर सेप्टेम्बर अन्तिमसम्म हुने गर्छ। मौसमविद्का अनुसार केही वर्षदेखि वर्षायाम सकिने दिन हुने दिन पर सर्दै गएको छ। यस वर्ष वर्षायाम सकिने दिन पर सर्दै अक्टोबरको पहिलोदेखि दोस्रो हप्तासम्म वर्षा जारी हुने अनुमान मौसमविद्को छ। गत वर्ष हिउँदयाममा नेपालमा औसतभन्दा बढी वर्षा भएको छ। हिउँदयाममा औसतभन्दा बढी वर्षा भएपछि त्यसको प्रभाव वर्षायाममा पनि हुने मौषमविद्को भनाइ छ। 

प्रकाशित: ६ श्रावण २०७७ ०२:४७ मंगलबार

वर्षा