२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रहरीचौकीको पर्खाल भत्कियो

पञ्चपुरी नगरपालिका–७, डाँडाखाप्रेस्थित प्रहरीचौकीमा चट्याङ लागेर क्षति पुगेको छ । सोमबार दिउँसो अविरल वर्षासँगै आएको चट्याङले प्रहरीचौकीको पर्खाल भत्किएको छ ।

‘प्रहरी बसेको घरको उत्तरतर्फको पर्खाल भत्किएको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले भने, ‘अहिले पनि प्रहरी त्यहिँ भत्किएको घरमा बसेको छ ।’ प्रहरी चौकी भाडाको घरमा बस्दै आएको थियो । घरको पर्खाल भत्किँदा प्रहरी असुरक्षित भएर बस्न बाध्य छन् । साथै चट्याङले प्रहरीचौकीको सोलार र त्यहाँ जडान गरिएका अरु तारमा समेत क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित: ५ श्रावण २०७७ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App