६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ब्राउन सुगरसहित ३ पक्राउ

प्रहरीले विराटनगरसँगको सीमा क्षेत्रलगायत नगरको विभिन्न स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको  छ।  नेपाल–भारतमा भएको लकडाउनको फाइदा उठाउँदै अवैधरूपमा खाद्यान्न, कपडा, टिभीलगायतका वस्तु तस्करी हुँदै आएको थियो। मोरङको विभिन्न सीमा क्षेत्रबाट अवैधरूपमा भारततर्फ मरिच, हरियो मटर, सुपारीलगायतको वस्तु जाने गरेको थियो भने भारतबाट खाद्यान्न, कपडा, रजनिगन्धा, टिभीलगायत बस्तु तस्करी हुँदै नेपाल आउने गरेको छ।  

पछिल्लो समय प्रहरीले मोरङसँग सीमा जोडिएको क्षेत्रमा सक्रियता बढाउन थालेपछि दैनिक जसो अवैध बस्तु सहित मानिस पर्न थालेका छन्। विराटनगरको रानीबाट एक भारतीय नागरिकलाई ब्राउन सुगर (खैरो हेरोइन) र रानी क्षेत्रबाटै विराटनगरका २ जनालाई नाइट्राभेट ट्याब्लेट लागुऔषधसहित आइतबार राति पक्राउ गरेको जनाएको छ।  

विराटनगरसँग सीमा जोडिएको विहारको जोगबनी–१२ स्लामपुरका २० वर्षिय तारिकचन अनवरलाई ३५ ग्राम ५६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। जोगबनीबाट साइकलमा आउँदै गरेका अनवरलाई शंका लागि चेक गर्दा ब्राउन सुगरसहित विराटनगर–१५ रानीस्थित पेट्रोल पम्प नजिकैबाट आइतबार राति ८ बजेतिर पक्राउ परेको हो।  

त्यसैगरी विराटनगर–१५ बाटै आइतबार राति १ सय २० चक्की नाइट्राभेट ट्याब्लेट लागुऔषधसहित विराटनगरका २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेको दुवै जना विराटनगर–६ का २० वर्षीय राज दास र सुमित दास रहेका छन्। विराटनगरको रानी क्षेत्रमा हिँड्दै गरेका दास द्वयलाई प्रहरीले शंका लागी शरीर चेक गर्दा ६०–६० चक्की लागुऔषध र मोबायल फेला परेको जनाएको छ। उनीहरूलाई थुनामा राखि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ५ श्रावण २०७७ ०९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App