शनिबार रातिदेखि देशभर मनसुन सक्रिय भई अधिकांश स्थानमा लगातार वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागलगायत निकायले केही दिनअघि नै सूचना जारी गरी आजदेखि ५ दिन देशभर हल्कादेखि अति भारीसम्म वर्षा हुने भन्दै बाढी, पहिरो तथा डुबानबाट ज्यान जोगाउन आम नागरिकलाई आग्रह गरिसकेको छ ।
यो पनि पढ्नुहोस्
‘पाँच दिन ठूलो वर्षाको सम्भावना, ज्यान जोगाऔं’
मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ नजिक आइरहेकाले आजदेखि कम्तीमा ५ दिन देशभर वर्षा जारी रहने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले यो खबर लेख्नुभन्दा १ घण्टाअघि आफ्नो ट्विटरमार्फत दिएको सूचनाअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।
सूचनामा भनिएको छ, ‘अहिलेलाई प्रदेश ५, प्रदेश ४, बागमती प्रदेश र प्रदेश २ का एक-दुई स्थानमा मेघगर्जन/चटयाङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’
महाशाखाका अनुसार राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ। प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा प्रदेश १ का थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान
साउन ४ गते (आइतबार)
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
राति : देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै प्रदेश १ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
साउन ५ गते (सोमबार)
दिउँसो : देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
राति : देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
साउन ६ गते (मंगलबार)
दिउँसो : देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
राति : देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
बढ्यो बाढीपहिरोको जोखिम
वर्षा बढेसँगै देशभर बाढी र पहिरोको जोखिम बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाले आज आइतबार देशैभरजसोका खोला/नदीमा बाढी आइरहेको उल्लेख गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
याे सूचना हेर्नुहाेस् :
प्रकाशित: ४ श्रावण २०७७ ०८:३२ आइतबार