१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाबाट थप एककाे मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३ बर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । डाइविटिज र मुटुको दिर्घरोगी ति वृद्ध असार ३१ गते ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–१ स्थानीय हुन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

अहिले ५ हजार ८ सय ७१ जना देशका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । शुक्रबार १ सय १ जना नयाँ संक्रमित थपिँदा २ सय ८५ जना डिस्चार्ज भएका छन् । आजसम्म नेपालमा १७ हजार ४ सय ४५ कोरोना संक्रमित मध्ये ११ हजार ५ सय ३४ जना संक्रमित निको भएर घर फर्किएका छन् । पीसीआर विधिबाट शुक्रबार ४ हजार ६ सय ८८ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख ३ हजार ८ सय १० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । क्वारेन्टिनहरुमा २२ हजार ७ सय ५६ जना रहेका छन् । 

प्रकाशित: २ श्रावण २०७७ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App