२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रदेश १ मा ८२१ प्रहरी दीक्षित

प्रदेश १ बाट ८ सय २१ जना प्रहरी दीक्षित भएका छन् । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा सोमबार आयोजित दीक्षान्त समारोहमा १ सय ३७ औं आधारभूत तालिमका ९८ महिलासहित ८ सय २१ जना प्रहरी जवान पदमा  दीक्षित भएका हुन् ।  

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीबाट ५ सय ८७ जना, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण रानीमा १ सय ३९ जना र सुनसरीको दुहबीको दंगा नियन्त्रण प्रहरी गणबाट ९८ जना संयुक्त रूपमा दीक्षित भएका हुन् ।  

दीक्षान्त समारोहमा कार्यक्रममा प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीले दीक्षित भएका जवानलाई मन बचन र कर्मले निष्ठापूर्वक कार्य क्षेत्रमा जनताको सेवामा खट्न शुभकामना दिए । कोभिड १९ को महामारीका कारण कार्यक्रममा विगत झैं आथिति आमन्त्रण गर्न नसकेकोमा दुःख व्यक्त गर्दै कार्कीले राष्ट्र र जनताको सेवा गर्न प्रहरी संगठन रोजेकोमा दीक्षित प्रहरीका परिवारजनमा हार्दिकता जनाए ।  

गत वर्ष साउनदेखि सुरु भएको तालिमका क्रममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान विजयसिंह कार्कीलगायत विभिन्न १० विधामा उत्कृष्ट भएका प्रशिक्षार्थीलाई प्रमाणपत्रसहित नगदले पुरस्कृत गरिएको थियो ।

प्रकाशित: २२ असार २०७७ १३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App