२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

बाबुआमाको स्मृतिमा विद्यालयमा गेट निर्माण

विद्यालयको गेट र रेलिङसहितको सिँढी उद्घाटनपछि मेयर इवन राई, उपमेयर बिमला राई, डिल्ली चाम्लिङ लगायत । तस्बिर : नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडा सदस्य डिल्ली चाम्लिङले आफ्नो बाबुआमाको स्मृतिमा विद्यालयको गेट तथा रेलिङसहितको सिँढी निर्माण गरिदिएका छन् । स्वर्गीय बाबु इन्द्रसेर राई र आमा गउनसरी राईको स्मृतिमा वडा सदस्य चाम्लिङले महेन्द्रोद्धय माबि हलेसीको गेट तथा रेलिङ सहितको सिँढी निर्माण गरिदिएका हुन् । दुई लाख ३३ हजार ८ सय ८ रुपैयाँमा निर्माण गरिएको गेट तथा रेलिङसहितको सिँढी हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उद्घाटन गरेका हुन् ।  

उद्घाटन गरिएको संरचना वडा सदस्य चाम्लिङ र उनकी श्रीमती मौलासरी राईले विद्यालयलाई हस्तान्तरण गरेका छन् । गाउँको विद्यालयको शैक्षिक उन्नयनमा टेवा दिन र हौसला प्रदान गर्नका लागि बुबाआमाको सम्मानमा गेटमा संरचना निर्माण गरिदिएको वडा सदस्य चाम्लिङले बताए ।  

गेट तथा रेलिङसहितको सिँढी उद्घाटनकाक्रममा मेयर राईले स्थानीय सरकारले गर्नुपर्ने काम व्यक्तिले गरेको उल्लेख गर्दै सरकारलाई उर्जा मिलेको बताए । उपमेयर बिमला राईले राई परिवारले गरेको सामाजिक कामको प्रचार–प्रसारले समाजमा सकारात्मक मनोबिज्ञान बिकास गर्न मद्धत पुग्ने उल्लेख गरिन् । कार्यक्रममा महादेवस्थानका वडाध्यक्ष चईन्द्र राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवती केसी लगायतले बोलेका थिए ।  

 

 

प्रकाशित: २१ असार २०७७ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App