२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

आजबाट वर्षा व्यापक हुने सम्भावना

‍फाइल तस्बिर : वर्षा

आज (शुक्रबार) देखि देशभर वर्षा व्यापक हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनअनुसार आगामी तीन दिन देशका धेरै ठाउँमा वर्षा हुने र केही स्थानमा ठूलो वर्षाको समेत सम्भावना देखिएको हो।  

मौसमविद्का अनुसार बुधबार र बिहीबारभन्दा शुक्रबारदेखि मनसुन सक्रिय भएका कारण वर्षाको मात्रा बढ्ने भएको हो।  

आजदेखि कम्तीमा तीन दिन वर्षा व्यापक हुने सम्भावना देखिएको छ। महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान दिने गरेको छ।  

यसअन्तर्गत आज दिउँसो पनि, राति पनि सबै प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै प्रदेशहरू १, १, २,  बागमती, गण्डकी, ५ र सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

हेरौं, तीन दिनसम्मको मौसम अनुमान :  

प्रकाशित: १९ असार २०७७ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App