२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

धुलिखेलमा टिपरले ठक्कर दिँदा दाजुभाइकै मृत्यु

काभ्रेको धुलिखेलमा बुधरबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाइको मृत्यु भएको छ ।  

काभ्रे जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रवि पौडेलका अनुसार एकै दिशातर्फ गइरहेका बा ४ ख ६३८६ नम्बरको टिपरले धुलिखेल नगरपालिका–२, रविओपीमा बा ३६ प ५०५२ नम्बरको मोटरसाइकललाई दिउँसो ३ बजेतिर ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार धुलिखेल नगरपालिका–२, रविओपीका वेदप्रसाद कोइराला र गोवर्द्धन कोइराला गम्भीर घाइते भएका थिए । तत्काल उनीहरूलाई शीरमेमारियल अस्पताल लगिएकामा उपचारकै क्रममा दुवैको मृत्यु भएको उनले नागरिकलाई जानकारी दिए ।  ‘मृतक दुवै दाजुभाइ हुन्,’ एसपी पौडेलले नागरिक न्युजसँग भने, ‘दुवैको उमेर ५० वर्षमाथिका छन्, ठ्याक्कै तोकिएको छैन, टिपोटमा ५१–५२ वर्ष लेखिएको छ ।’

ठक्कर दिने टिपरका चालक भने गाडी छाडेर भागेकाले प्रहरीले खोजी गरिरहेको छ ।  

प्रकाशित: १७ असार २०७७ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App