७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

घरमा लुकाईएको गाँजासहित वडाध्यक्ष पक्राउ

बाग्लुङ प्रहरीले बाग्लुङ निसिखोला गाँउपालिकाका –६ का वडाध्यक्ष सुर्यबहादुर घर्तीलाई लागु औषधसहित पक्राउ गरिएको छ । घर्तीले घरमा लुकाई रहेको ८६ किलो ५ सय ग्राम गाँजाको मसिनो धुलोसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीको कमाण्डमा खटिएको १० जनाको टोलीले वडाध्यक्ष घर्तीको घरबाट गाँजाको मसिनो धुलो चरेश निर्माण गर्नको लागि बनाइएको कच्चा पदार्थसहित पक्राउ गरिएको जनाएको छ ।

यसैगरी बाग्लुङमा ठुलो परिणम लागु औषध तथा लागु औषध बनाउने कच्चा पदार्थसहित ९ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । बाग्लुङ ढोरपाटन गरपालिका–१ बुर्तिबाङ बजारमा मिना खाजा घरमा लागु औषध सेवन गरिरहेको सूचना पाएको प्रहरीले १९० ग्राम चरेस तथा ९ केजी गाँउसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक राजेन्द्रबावु रेग्मीले जनाए ।

प्रहरीले म्याग्दी जिल्ला धौलागिरी गाँउपालिका–२ घरभई बाग्लुङ ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बस्ने मिना खाजा घर सञ्चालक ४५ वर्षिय धनबहादुर भण्डारी, उनकै श्रीमती ४० वर्षिय मीना थापा भण्डारी, सेवनमा संलग्न बाग्लुङ ढोरपाटन १ बस्ने २० वर्षिय विपिन रसाईली, सोही ठाँउका १७ वर्षिय मनोज विक, २७ वर्षिय चित्रबहादुर पुन, २५ वर्षिय दलबहादुर बुढा, १९ वर्षिय जुनबहादुर विक भनिने अर्जुन सिर्पाली, बडिगार्ड गाँउपालिका ४ जलजला बस्ने २० वर्षिय गिरे बि तथा गलकोट नगरपालिका २ बस्ने २० वर्षिय रामबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई अनुसन्धानको लागि राखिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रकाशित: १२ असार २०७७ १४:४० शुक्रबार

पक्राउ गाँजा