४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मुटुको समस्याले एक जना कैदीको मृत्यु

मुटुको समस्याले गर्दा सुनसरी झुम्का कारागारमा एक जना कैदीको शुक्रबार बिहान निधन भएको छ। वहुविवाहको मुद्दामा कैद सजाए काटिरहेका धनुषा गाडागुडि गाउँपालिका–५ का ३९ वर्षे मिसरुल राईनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । यकिन रिपोर्ट नआएपनि मुटुकै समस्याले गर्दा निधन भएको कारागार प्रशासनले जनायो ।

कारागार प्रशासनका प्रमुख उपसचिव अनिल खनालका अनुसार विहीबार राति विरामी भएपनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा त्यहाँ आइसियूको अभावमा विराटनगरको नोवेल अस्पताल लगेपछि मृत्यु भएको हो । मृतकको शव शुक्रबार नै आफन्तलाई जिम्मा लगाएको कारागार प्रशासनले जनायो ।

प्रकाशित: १२ असार २०७७ १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App