९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय १६ पुग्यो

प्रदेश १ मा थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार त्यहाँ बुधबार मोरङको रतुवामाईका ९, उदयपुरको त्रियुगाका ४ र झापाको झापा गाउँपालिकाका १ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।  

यससँगै त्यहाँ कोरोना संक्रमितको संख्या चार सय १६ पुगेको छ ।  मन्त्रालयका अनुसार प्रदेश १ मा हालसम्म एक सय ८४ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । यस्तै दुई सय १८ जना प्रदेश का विभिन्न अस्पतालको आइसोलेसन बेडमा भर्ना भई उपचाररत छन् । प्रदेश १ मा मोरङको सुन्दरहरैंचामा लेभल १ स्तरको कोभिड अस्पताल छ ।

यस्तै, विराटनगरको कोशी अञ्चल अस्पतालमा लेभल २ र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लेभल ३ स्तरको कोभिड अस्पताल सञ्चालनमा छ । 

प्रकाशित: ३ असार २०७७ १६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App