१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि

झुण्डिएर आत्महत्या गरेकी सुर्खेतस्थित एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिम्ता गाउँपालिका–८, की २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो । उनी असार १ गते घर नजिकै झुण्डिएर आत्महत्या गरेकी थिइन् ।  

बुधबार गरिएको पिसिआर परीक्षणबाट उनीमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । युवती श्रीमान र तीन वर्षकी छोरीसहित गत जेठ १२ गते भारतबाट फर्किएकी थिइन् । ‘मृतक युवती स्थानीय तहले बनाएको क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन्,’ महाशाखा प्रमुख तिवारीले भने । मृतक युवतीको आरडीटी परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।  

शव व्यवस्थापनका लागि नेपाली सेनालाई अनुरोध गरिएको महाशाखा प्रमुख तिवारीले जानकारी दिए । यसभन्दा अघि मृत्युपछि सुर्खेत, दैलेख र डोल्पाका एक÷एकजनामा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित: ३ असार २०७७ १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App