१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

बैतडीको सतबाँजमा डिप बोरिङबाट पानी

समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा रहेको बैतडीको सतबाँजमा डिप बोरिङबाट पानी निकालिएको छ। सुख्खा फलफूल विकास केन्द्रको परिसरमा डिप बोरिङबाट पानी निकालिएको हो । सुख्खा डाँडोमा बोटविरुवामा सिँचाइ र खानेपानीको लागि डिप बोरिङबाट पानी निकालिएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले बताए । गत वर्ष वाटर टेवल टेस्ट गर्दा पानी भएको पत्ता लागेपछि डिप बोरिङ सफल भएको बताइएको छ। प्राविधिक इष्टमेटमा २ सय २० मिटरको गहिराइबाट पानी आउने अनुमान गरिए पनि ९० मिटरमै पानी निस्केको उनले बताए।

सुदूपश्चिम प्रदेशसरकारको ४६ लाख ६९ हजार रुपैयाँ लगानीमा डिप बोरिङ निर्माण हुन लागेको हो। डिप बोरिङ निर्माणको काम दुई तीन दिनभित्रै सम्पन्न हुने निर्माणको जिम्मा पाएको एसियन ड्रेल कम्पनीले जनाएको छ। यसअघि पानीको अभाव रहेको सुख्खा फलफूल विकास केन्द्रमा बोरिङबाट पानी निकालेसंगै फलफूलका बोटबिरुवा सिँचाई र खानेपानीका  सहज हुने सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डम्बरसिंह भाटले बताए।

वि.स. २०१९ मा राजा महेन्द्रले स्थापना गरेको बागवानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ । केन्द्रमा हाल स्याउ, ओखर, खुर्पानी, जैतुनलगायत १३ किसिमका सुख्खा फलफूलका विरुवा रोपिएका छन्। यसका साथै विरुवा र तरकारी उत्पादन समेत गर्ने गरिएको छ। यसअघि सिँचाइका लागि १४ वटा आकाशे पोखरीबाट सिँचाई गरिँदै आएको थियो । 

प्रकाशित: ३ असार २०७७ ११:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App